सर्लाही। सर्लाहीका दुई वडा सदस्य घुस लिँदै गरेको अवस्थामा घुस रकमसहित पक्राउ परेका छन्। सर्लाहीस्थित ईश्वरपुर नगरपालिकाका दुई जना वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम १ लाख ५० हजारसहित पक्राउ गरेको हो।
अख्तियारको टोलीले ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सोनेलाल साह र उमेश रायलाई घुस लिँदै गरेको अवस्थामा घुस रकम सहित पक्राउ गरेको जनाएको छ। ती वडा सदस्यहरूले उपभोक्ता समितिसँग ढलानसम्बन्धी काम सम्पन्न भएको सिफारिस गर्न १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए छन्।