ओखलढुंगा । ओखलढुङ्गामा एकादशी मेला भर्न हिँडेको तीर्थयात्री बोकेर हिडेको जीप दुर्घटना हुँदा ४ जना तिर्थयात्रीको मृत्यु भएको छ। प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको तिर्थयात्री सावर बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।
चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने तिर्थयात्री बोकेर हिँडेको बोलेरो जिप सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोमबार बिहान दुर्घटना भएको थियो। जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको सनाखत हुन सकेको जनाएका छन्।
प्रहरी प्रमुख काफ्लेले बुलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो। दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

