चन्द्रागिरी हिल्सले आईपीओ निष्काशन गर्ने अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले हिल्सलाई आईपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो ।
बोर्डले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन कम्पनीलाई अनुमति दिएको छ । स्थानिय र सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्न लागेको हो । चन्द्रगिरी हिल्सले कुल पूँजीको १२ प्रतिशत बराबरकाे आइपिओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोवल आइएमई क्यापिटललाई दिएको छ ।

