काठमाडौं। बैशाखदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (नयाँ) को आवेदन खुला भएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार सोमबार रातिबाट नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोलेको हो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ सङ्क्रमणका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमति पत्रको आवेदन खुलेको हो। विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबार रातिबाट आवेदन प्रणाली खुला भएको र नियमित रुपमा आवेदन दिन सकिने र आवेदन दिएको भोलिपल्ट नै सम्बन्धित यातायात कार्यालय भिजिट गर्न सकिने छ। उनका अनुसार कार्यालयको क्षमता अनुसार सेवा प्रवाहमा कोटा प्रणाली लागू गरिएको र विगतमा जस्तो भिजिटिङ डेट पछि दिने नभई आवेदन बुझाएको भोलिपल्ट नै कार्यालय भिजिट गरी सवारीचालक अनुमिति पत्रको लागि प्रक्रिर्या अघि बढाउन सकिने छ।

