काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसान राईको भिरबाट लडेर मृत्यु भएको छ। पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्रममा खोटाको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर मृत्यु भएको हो।

अध्यक्ष राई गाडी रोकेर दिसापिसाब गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। मोलुङ गाउँपालिका -२, ओखालढुङ्गा पुर्ख्यौली घर भएका राई बसाइँ सरेर धरान गएका थिए। राई नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्षका अलवा पत्रकारिता गर्दथे उनी उनी एभरेष्ट साप्ताहिक र एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक समेत हुन्।