काठमाडौं। खुश-लक्ष्मी सुनुवार स्मृती कोष पुरस्कार २०७८ सुनुवार सेवा समाजका पूर्व अध्यक्ष लेफ्टिनेन्ट मान ब. सुनुवारलाई प्रदान गरिएको छ। सुनुवार सेवा समाजका संस्थापक सदस्य प्रेम हावाली सुनुवार लगायत खुश-लक्ष्मीसुनुवारका छोराछोरीद्वारा स्थापित तथा सुनुवार सेवा समाज संघीय समितिद्वारा सन्चालित स्मृती कोष पुरस्कार पूर्व अध्यक्ष सुनुवारलाई प्रदान गरिएको हो।
पूर्व अध्यक्ष लेफ्टिनेन्ट मान बहादुर सुनुवारले आफू अध्यक्ष रहँदा सुनुवार सुनुवार सेवा समाजको भवन स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएको हुँदा सम्म्मान स्वरूप खुश-लक्ष्मी सुनुवार स्मृती पुरस्कार प्रदान गरिएको सुनुवार सेवा समाज संघीय समितिले जनाएको छ। वि.सं. २०७५ सालमा स्थापित स्मृती कोषले यस अघि सुनुवार सेवा समाजका संस्थापक सचिव गुन्ज बहादुर सुनुवारलाई प्रदान गरिएको थियो।
सुनुवार सेवा समाज संघीय समितिद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ती मगर प्रमुख आतिथ्यता तथा अतिथीहरू पूर्व माननीय सभासद दाल कुमारी सुनुवार, सुनुवार सेवा समाजका संस्थापक सचिव गुन्ज बहादुर सुनुवार, संस्थापक कोषाध्यक्ष टीकाराम मुलिचा, सुनुवार सेवा समाजका ससंस्थापक सदस्य तथा स्मृति कोषका संस्थापक प्रेम हावाली सुनुवार, काभ्रेपलान्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारलगायत सुनुवार सेवा समाजका भातृ संस्थाहरूको प्रतिनिधिहरूको आतिथ्यतामा सम्पन्न भयो।