काठमाडौं । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय तथा पञ्जिकरण विभागले १०० जना कर्मचारी माग गर्दै सूचना आह्वान गरेको छ । 

आज कात्तिक १३ गते बुधबार आह्वान गरिएको सूचना अनुसार इच्छुक उम्मेद्वारले १५ दिनभित्र विभागको वेभसाइटमा गई युजर आइडी बनाएर अनलाइन दरखास्त  दिइसक्नु पर्नेछ । उम्मेद्वारहरुले लिखित परिक्षा २०७७ मंसिर १३ गते दिनुपर्ने छ । पद सेवा करार रहेको तथा दरखास्त पेस गर्दा कुनै दस्तुर भने लाग्ने छैन । 

पूर्ण जानकारीको लागि सूचना हेर्नुहोस्: