रासस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन प्रणालीबाट लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने बोर्डले जनाएको हो

कोरोना महामारीको विषम परिस्थितिमा देशभर प्रत्यक्षरुपमा परीक्षा नसकिने भएपछि कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।

सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका२०७७ जारी गरिसकेको अवस्थामा अनलाइनको पहुँच बाहिर रहेका विद्यार्थीहरुलाई समेत सहज हुने भएपछि विषम स्थितिलाई ध्यान दिँदै मिश्रित ढाँचाको परीक्षण बिधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाउन लागेको हो मन्त्रिषरिषद्को बैठकले सो निर्णय सदर गरे सोहि अनुरुप अनलाइनबाट कक्षा १२ को परिक्षा सञ्चालन हुने छ ।