हेलम्बुका बाढी पहिरो पिडित लाई राहत सामाग्री बितरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाँउपालिका वडा नं. १ हाल्देका स्थानिय बासीलाई बुधबार राष्ट्रिय आदिबासी जनजाति महिला मंचले काठमाडौं देखी राहत सामाग्री लगी बितरण गरेको हो ।

पचास घर परिवारलाई प्रतिघर १०० केजी चामल र एक काटुन तेल गरि जम्मा सय बोरा चामल र पचास कार्टुन तेल प्रदान गरिएको मंचका कोषाध्यक्ष सुशिला गोलेले बताउनु भयो । बाढी पहिरोबाट अधिकाशंको घर जग्गा बगाउनुका साथै धेरै स्थानमा सडक, पुल भत्किएको हुदाँ बाटो अबरुद्ध भई केही महिना यता देखी त्यहाँका स्थानियमा  खाद्यन्न लगाएत बिभिन्न उपभोग्य बस्तुको अभाग हुदैँ आएको स्थानियहरुले बताएका छन ।

राहत सामाग्री पाएपछी स्थानियहरुले मंचलाई धन्यबाद दिएका छन । स्थानिय नागरिकमा खाद्यन्न बस्तुको अती आबश्यक छ भन्ने थाहा पाएपछी उक्त क्षेत्रमा राहत सामग्री लिएर गएको राष्ट्रिय आदिबासी जनजाति महिला मंचका उपाध्यक्ष यशोकान्ती भट्टचनले बताउनु भयो ।