सिन्धुली। नेकपा एमाले सिन्धुलीले जिल्ला कमिटीले प्रदेश सांसद् तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला कमिटीले शनिबार एक कार्यक्रम आयोजना गरी नवनियुक्त स्वास्थ्य मन्त्री कटुवाललाई बधाई तथा स्वागत गरेको हो।
बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कटुवालले जिल्लामा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरू योजनावद्ध तरिकाले गरिने बनाउनु भएको छ। नेकपा एकाले सिन्धुलीका जिल्ला अध्यक्षसमेत रहेका मन्त्री कटुवालले जिल्लामा रहेका स्वास्थ्य संस्थाको सुधार गर्ने, कोभिड अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्थापना गर्ने, कोभिड-१९ विरुद्धको खोप सहजताका साथ उपलब्ध गराउने र जिल्ला अस्पताललाई सुविधा सम्पन्न अस्पताललको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। साथै, आफूले मन्त्रीको जिम्मेवारी सम्हाल्दा समेत पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउने बताउनु भयो।
नवनियुक्त स्वास्थ्य मन्त्री कटुवाललाई बधाई तथा स्वागत कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उपादेवी कोइराला, कमलजंग राई, विसमलाल अधिकारी दनुवार, प्रदेश सांसद् विनोद खड्का, कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो।

