कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ । कोभिड -१९ का कारण स्थगित परीक्षा वोर्डले सञ्चालन गर्न लागेको हो । 

 

नेपाल सरकारले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताएका छन् । त्यस्तै कोरोना सङ्क्रमितलाई समेत छुट्टै सहभागि गराएर परीक्षा गर्ने व्यवस्था मिलाएको वोर्डले जनाएको छ । 

 

वोर्डले सञ्चालन गर्ने परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए ।