आदिबासी जनजाति चलचित्रकर्मीहरुलाई आदिबासी जनजाति चलचित्र महासंघले आर्थिक सहयोग गरेको छ । कारोना भाईरसका कारण लामो समय सम्म लकडाउन हुँदा आयश्रोत बन्द भई दैनिक जिबिकोपार्जनमा अप्ठेरोमा परेका चलचित्रकर्मी हरुलाई प्रति ब्यक्ती रु. ५,०००/– का दरले सहयोग रकम उपलब्ध गराएको हो ।

महासंघले आईतबार आदिबासी जनजाति चलचित्र महासंघको कार्यालय नयाँबानेश्वर स्थित चलचित्र बिकास बोर्डको सहकार्यमा ६३ जना चलचित्रकर्मीहरुलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । कोरोना भाईरस महामारीका कारण चैत्र महिना देखी बन्द भएको चलचित्र क्षेत्र अहिले सम्म संचालनमा आउन सकेको छैन । यसरी चलचित्र क्षेत्रको सम्पुर्ण कामहरु बन्द भए पछी दैनिक चलचित्र क्षेत्रमा काम गर्ने अधिकाशं चलचित्रकर्मीहरु लाई समस्या परेको हुँदा सहयोगको आबश्यकता रहेको महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताए ।

आदिबासी जनजाति चलचित्र महासंघले यस अघी पनी बिभिन्न चरणमा राहत सामाग्रीहरु बितरण गर्दै आएको महासंघका उपाध्यक्ष बिकु थोकरले जानकारी दिए । सहयोग रकम महासंघमा आबद्घ जातिय संस्थाहरु सँग समन्वय गरेर अति समस्यामा परेका चलचित्रकर्मीहरु मात्र बितरण गरेको महासंघका महासचिब पुर्खाजित राईले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, उपाध्यक्ष बिकु थोकर, महासचिब पुर्खाजित राई, सचिब सिजिका माझी, चलचित्रजन्य जातिय संस्थाका अध्यक्ष, चलचित्रकर्मीहरु उपस्थिति रहेको थियो ।

