काठमाडौै । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई अनिवार्य फेस सिल्ड लगाउनु पर्ने व्यवस्था  गरेको छ । 

 

यातायात व्यवस्था विभागले सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुले यात्रा गर्नु पूर्व यात्रु आफैंले फेस सिल्डको व्यवस्था गरी प्रयोग गर्नुपर्ने बताएको छ । 

 

असोज २६ गते देखि सार्वजनिक यातायातमा सिट क्षमताका कै यात्रु बोक्न पाउने निर्णय गरे सँगै कोभिड -१९ सङ्क्रमणको जोखिम बढेपछि यात्रुहरुले फेससिल्ड अनिवार्य प्रयोग गर्ने व्यवस्था लागू गर्न लागेको हो । 

यात्रुहरुमा कोरोना सङ्क्रमण हुन नदिन यातायात विभागले त्यस्तो निर्देशन दिएको विभागका प्रवक्ता लोकनाथ भुषालले जनाएका छन् ।