सांकेतिक तस्विर

दानियल सुनुवार, रामेछाप। गोकुलगंगा गाँउपालिका वडा नं. -३ रस्नालु मा गए राति फरकफरक स्थानमा गरी ११ भन्दाबढी स्थानहरुमा चोरी भएको छ। व्यक्तिगत पसल घर तथा सार्वजानिक स्थानहरुमा नगद तथा भौतिक बस्तुहरुको चोरी गरेका छन्।

गोकुलगंगा मा.वि. भिम आधारभुत विद्यालयमा प्रवेश गरी चार वटा दराजमा तोडफोड गरी सार्वजानिक संस्थामा रहेका अनुमानित नगद ६० हजार भन्दामाथस चोरी गरेका गोकुलगंगा वडा नं. -३ का वडा अध्यक्ष नरबिक्रम कार्कीले जानकारी दिएका छन।

त्यस्तै गरी स्थानीय बासीका सुन पसल, कुकिज तथा बेकरी उद्योग, कपडा पसल, होटल गरी ११ स्थानहरुमा चोरी भएको छ । रस्नालुको पात्ले चोकमा मात्रै ४ वटा स्थानहरुमा चोरी भएको हो । चोरी गर्न आएका एक जना मात्र नभई समुहमा हुनसक्ने आसंका गरीएको छ ।  बिहानै स्थानिय बासिमा चोरि भएको होहल्ल मच्चिए पछि एकाएक पसल तथा कार्यलयमा चोरी भएको थाहा हुन आएको छ । क्षती पक्षका सम्बन्धीत ब्यक्ती हरु उजुरी गर्न स्थानिय प्रहरी चौकीबडा नंं ३ मा पुगेकाछन । अझै अन्य स्थानमा पनी चोरीको संख्या थप हुन सक्ने आसंका गरिएको छ । भिमसेनथान प्रहरीचौकी अनुुसन्धानको लागी खटिएको छ भने क्षतीको पुर्ण बिवरण आउन बाँकी छ ।