पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएसँगै हालसम्म कोरोना संक्रमण बाट निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७ सय १५ पुगेको हो ।