सिन्धुलीमाढी। राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय, सिन्धुली तथा जिल्ला सहकारी संघ सिन्धुलीको संयुक्त आयोजनामा तिन दिने व्यवसायिक रणनितिक योजना कार्यशाला सिन्धुलीमाढीमा सम्पन्न भएको छ। श्रावण ३० गते देखी शुरु भएको तिन दिने कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको रणनीतिक योजना निर्माणमा सहयोग गरी सहकारीको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरेको तालिममा जिल्ला सहकारी संघ लिमिटेडका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्य गरि २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाको नगर प्रमुख खड्ग बहादुर खत्रीले जिल्लाभित्र रहेका सहकारी संघ/संस्थाको वृद्धि र विकासको लागि आयोजित यो तालिम महत्वपूर्ण भएकोले आगामी दिनमा बैंक, संघ तथा सहकारी संस्थाहरूसँग हातेमालो गर्दै अगाडी बढ्न जोड दिदैँ नगरपालिकाले पनि बैंक तथा सहकारी संघ/संस्थासँग सहकार्य गरेर कार्यक्रम गर्ने बताउनु भयो ।

त्यस्तै बैंकका अध्यक्ष के.वि उप्रेतीले जिल्ला सहकारी संघ, विषयगत संघ तथा प्रारम्भिक संस्थाहरूको वित्तीय विकास, आर्थिक आवश्यक्ता, तालिम, बहस पैरवी तथा सहकारीको विकासका लागि बैंक सधै अग्रस्थानमा रही सहयोग गर्ने बताउनु भयो । उहाँले आगामी दिनमा बैंकले आयोजना गर्ने तालिमहरूमा समेत सहभागी भई राष्ट्रिय सहकारी बैंकसँगनै सम्पुर्ण कारोबार गरि समग्र सहकारी अभियानको विकासमा जोड दिन अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठले बैंकले कार्यशालाको आयोजना गरि समग्र सहकारी अभियानमा सहयोग गरेकोमा धन्यबाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन शुझाब दिनु भयो । कार्यशालाको बैंकका तालिम अधिकृत सुर्य प्रसाद रिमालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंक लिमिटेड सिन्धुली शाखा समन्वय उपसमितिका संयोजक बालकुमारी श्रेष्ठले गर्नु भएको थियो ।

तालिममा सहभागीहरूलाई बैंकका अध्यक्ष के.बी उप्रेती र कमलामाई नगरपालिकाको नगर प्रमुख खड्ग बहादुर खत्रीले संयूक्त रुपमा प्रमाण पत्र वितरण गर्नु भएको थियो । तालिम समापनमा पछि सहभागिहरूले कार्यशाला एकदमै महत्वपुर्ण तथा उपयोगि भएको जिकिर गर्दै आगामी दिनमा बैंकसँग अन्य तालिमहरूको पनि अपेक्षा गरेकोले बैंक र जिल्ला सहकारी संघलाई धन्यबाद दिएका थिए ।