सृजना रसाइली, रामेछाप। रामेछापमा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस तिब्र रुपमा बढ्दै गएकाले जिल्लास्तरिय  कोभिड १९ संकट व्यवस्थापन केन्द्र  डिसीएमसीको तथा जिल्ला सुरक्षासमितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो।

सोमबार राति १२ बजेदेखी लागु हुने गरी भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। बैठकले निषेधाज्ञामा खुल्ला स्थानमा भेला भिडभाड हुन नदिने सभा जुलुस गर्न, जात्रा महोत्सव  गर्न भोज भतेर गर्न, जिल्लाभित्रका सबै शैक्षिक तालिम गोष्ठिहरु सञ्चालन गर्न पार्टि प्यालेस  मसाज सेन्टर व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म सहभागी हुन दिने र २ वटा साना गाडी व्यानरमा आधारमा  जिल्लाभित्र वा बाहिरा सञ्चालन गर्न दिने निर्णय गरेको छ । होटल रेष्टुरेन्ट चियापसल स्वास्थ्यका मापदण्ड पालना गरि विहान ५ बजेदेखी साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ । 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना: