काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले शैक्षिक सत्र २०७८/०७९ मा डिप्लोमा तथ प्रमाणपत्र तहको निःशुल्क छात्रवृति छनौटका लागि आवेदन खुला गरेको छ। शनिबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै विभिन्न २९ विधामा २ हजार ९७२ जनाका लागि छात्तवृत्ति प्रदान गर्ने भएको हो।

शनिबार सूचना प्रकाशन गर्दै सिटिइभिटीले परिषद्‍का आङ्गिक, साझेदार, सामुदायिक तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुने विद्यार्थीहरूको संख्या जितसुकै भएता पनि प्रत्येक शैक्षिक कार्यक्रममा नेपाली नागरिकलाई छात्रवृत्ति प्रदान गरिने छ।

सूचनाको पूर्ण पाठ