सृजना रसाइली, रामेछाप। गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले स्थानीय सरकार आएपछि सडकको स्वरुपमा परिवर्तन ल्याइएको र ५० वटा कानुन बनाउन सफल भएको बताउनु भएको छ।

आज वडा -५, नामडीको कार्यलय भवनको ‍उद्घाटन कार्यक्रममा बोल्दै उहाँले १८ किलोमिटर बाटो पिच गरेको र बाँकी ३० किलोमिटर बाटो पिच गर्न बाँकी रहेको बताउनु भयो । अध्यक्ष खड्क सुनुवारले गाउँपालिकाभित्रको कुनै टोल मोटर बाटोको अभाव नभएको दाबी गर्नुभयो। उहाँले कोरोना महामारी पनि गाउँपालिका विकासमा निरन्तर लागी परेको बताउनुभयो। त्यस्तै अध्यक्ष सुनुवारले गाउँपालिकाभित्र ४१ वटा आरसीसी भवन ६ वटा वडा भवन सम्पन्न भएको बताउन भयो। उहाँले कोरोना भाइरसको लागी ३० लाख खर्च गरेको बताउँदै शिक्षा क्षेत्रमा ४ प्रतिशत मात्र सुधार गरेको बताउनु भयो। अध्यक्ष सुनुवारले ४८ वटा उधोग खोल्न योजना बनाइएकोमा ३० वटा उधोग खोलिएका बताउनु भयो।