सृजना रसाइली, रामेछाप। गोकुलगंगा गाउँपालिकाको वडा -५, नामडीको वडा कार्यालय भवन उद्घाटन भएको छ। आज एक कार्यक्रमबीच बागमती प्रदेश सांसद् शान्तिप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले वडा कार्यालय भवन उद्घाटन गर्नुभएको हो।
गाउँपालिकाको साढेँ १ करोड बजेटमा सम्पन्न उक्त भवनको काम सुरु गरिएको करिब २ वर्षपछि आज उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसद शान्तिप्रसाद ढुङ्गेलले गोकुलगंगा गाउँपालिकालाई पर्यटन गाउँपालिकाको रुपमा चिनाउने लक्ष्य राखेको बताउनु भयो । उहाँ संघीयतामा भएका २२ वटा मन्त्रालयलाई ९ वटा र प्रदेशका ७ वटा मन्त्रालय १२ वटा बनाउनु पर्नेमा जोड दिनुभयो।
त्यस्तै सांसद् पौडेलले विकासका कामलाई अवरोध नगर्न गाउँपालिकाबासी आग्रह गर्नुभयो। सांसद पौडेलले विकासका पुर्वाधारसँगै युवाहरुमा सिप विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यापारको उदेश्यमा राजनिति हुन नहुने भन्दै विकासमा निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभयो ।

