काठमाडाैँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रीपरिषद् पुनर्गठन भएको छ । १२ औँ पटक पुनर्गठन गरिएको मन्त्रिपरिषद्‍मा तीनवटा मन्त्रालयले नयाँ मन्त्री पाएका छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ्, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् भने नेकपाका महासचिवसमेत रहेका विष्णु पौडेल अर्थ मन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै रक्षा मन्त्री रहेका ईश्वर पोखरलेको पनि जिम्मेवारी हेरफेर भएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हालेका छन् भने ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जिम्मेवारी तोकिएको छ । 

 

प्रधानमन्त्रिको सिफारिसमा तीनै जना नयाँ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यलय प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा साढे दुई घण्टा लामो छलफल चलेको श्राेतले जनाएको थियो। लामो छलफलपछि नयाँ मन्त्रिहरु चयन गरेको प्रधान्मन्त्री निकट श्रोतले जनाएको छ ।