काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको हो ।

अध्यक्ष दाहालले भदौ मसान्तभित्र पार्टी सदस्यता नविकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वटा सम्मेलन, ३० गते पालिका सम्मेन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको हो  छ । यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रस्ताव रहेको माओवादी केन्द्रले जनाएको छ ।००००