सृजना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा थप ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । आज गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा सञ्चालन भएको खोप अभियानमा ५० जना पुरुष र ३८ जना महिलाले भेरोसियल खोपको दोस्रो मात्रा लगाएका हुन् ।
यसअघि भेरोसियल खोपको पहिलो मात्रा लगाएका वडाभित्रका ५५ वर्षमाथि उमेर समुहका नागरिक, शिक्षक, कर्मचारी, सवारी चालक र सहचालक, खोप अनिर्वाय गरिएको देशमा जानेले आज दोस्रो मात्रा लगाएको गोकुलगंगा गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जागिर राय यादवले जानकारी दिनुभयो । यसअघि साउन ४ र ५ गते भेरोसियलको पहिलो मात्रा खोप अभियान सञ्चालन भएको थियो । त्यस्तै साउन १३ र १४ गते जोन्सन एण्ड जोन्सन खोप कार्यक्रम सञ्चालन भएको थियो।