काठमाण्डौं । सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्व विद्यालय लगायत विश्व विद्यालय स्तरका विभिन्न तहको परिक्षमा सामेल हुने परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले आज एक विज्ञप्ति जारी गर्दै परिक्षार्थीहरुलाई एस्टा«जेनेका र भेरासेल खोपको पहिलो मात्रा दिने निर्णय भएको जानकारी दिनुभयो ।

परिक्षार्थीहरुले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राधास्वामी आइसोलेसन खोप केन्द्र लगायत देशभरका ७७ वटै जिल्लाका खोपकेन्द्रहरुबाट खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षा केन्द्रबाट संक्रमण फैलने भन्दै विद्यार्थीहरुले खोपको व्यवस्था गर्न माग गर्दै आएका थिए ।