काठमाण्डौं । नेपालमा थप ३ हजार ४ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा ३ हजार ४ सय ८९ जनामा कोरोना पुष्टि भएको जनाएको छ । आज काठमाडौं उपत्यकामा मात्रै ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मुलकभर कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार १ सय ८० पुगेको छ । अब थप १ हजार ८ सय ८५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।००००