काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोनाका बिरामीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा दुई हजार १९ जना कोरोनाका बिरामी निको भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

