काठमाण्डौं । नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ८ सय ६६ पीसीआर र ४ हजार ७ सय ७ जनाको एन्टीजेन परीक्षणका क्रममा कुल ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज काठमाडौँ उपत्यकामा मात्रै ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मुलुकभर कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७ सय ४० पुगेको छ । कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । देशभर कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४ सय ५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये ७ सय ४६ जना आइसीयू र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।००००