कोरोना सङ्क्रमणको जोखिमका कारण गत चैत्र महिनादेखि लोक सेवा आयोगले रोकेका परीक्षाहरु सञ्चालन गर्ने पुन: मिति तोकेको भएपनि सङ्क्रमको क्रम दिनदिनै बढ्दै गएपछि उक्त परीक्षा रोक्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकर्षण गराईएको छ ।
कोभिड–१९ को संक्रमणका बीच आयोगले प्रकाशित गरेको विभिन्न तहका संशोधित परीक्षा तालिका बमोजिम परीक्षा सञ्चालन गर्न उपयुक्त र सान्दर्भिक नभएको भन्दै केही परीक्षार्थिहरुले संसदीय राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकर्षण गराएका हुन् ।

