दानियल सुनुवार, रामेछाप। गोकुलगंगा अस्पतालमा कोरोना पोजेटिभको संख्यामा ह्रास आउन सकेको छैन । अस्पतालको पछिल्लो बिहिबारको अपडेट अनुसार गतसाताको तथ्याङ्कलाई हेर्दा ६१ जनाको एन्टीजेन परिक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ देखीएको अस्पतालको दर्ता शाखाले जानकारी दिएका छन्।

कोरोना पोजेटिभ पुष्टी भएका बिरामीर्लाइ अवस्था हेरेर अक्सीजन दिनुपर्ने स्वासप्रस्वासमा समस्या भएकालाईमात्र भर्ना गरी उपचार गरिने र अन्य सामान्य बिरामीलाई होम क्वरेनटाईनमा बस्न परामर्स दिईएको छ।

गत एक हप्तादेखि यता गोकुलगंगा गाँउपालीकाको वडा नं. १ र ४ पुर्ण रुपमा शील गरी निषेधआज्ञा जारी गरेतापनि कोरोना पोजेटिभ देखिने संख्याक्रममा न्यूनीकरण हुन सकेको छैन ।
अस्पतालको दैनिक रेकर्ड अनुसार अहिले ११ जना बेड भर्ना रहेका छन् ४ जना अन्य र ७ जना कोभिडको बिरामी रहेका छन् । जसमध्ये दुईजना उमाकुण्ड गाँउपालिकाका बिरामी रहेका छन्।