काठमाडौं। साउन १५ गते शुक्रबार दार्चुलाको ब्याँस गाउँपालिकाका -०२, खाङदाङ मालाघाटबाट तुईन प्रयोग गरी भारततर्फको बाटो हुँदै दार्चुला सदरमुकाम आउने क्रमममा भारतिय एसएबीले तुईन काटी दिएपछि नदिमा खसेर जयसिंह धामी वेपत्ता भएको खबरप्रति गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो। 

मन्त्रालयको प्रवक्ता फणिन्द्र राज पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ "मिति २०७८ साल श्रावण १५ गतेका दिन दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं. २ खाङदाङ मालघाटबाट तुईनको प्रयोग गरी जयसिंह धामी सहितका व्यक्तिहरु भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा ब्यास गाउँपालिका वडा नं. २ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुईनबाट तर्दै गर्दा भारतीय SSB का जवानले तुईन काटी दिएकोले निज जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सूचना / समाचार प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।"

उक्त घटना प्रति दुःख प्रकट गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई सो घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिई सकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटना स्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पैदल दूरीमा रहेको हुँदा उक्त टोली फर्किए पश्चात यथार्थ जानकारी प्राप्त हुने नै छ उक्त घटनाको अनुसन्धान तथा छानविनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टी भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना / समाचार प्रकाशन नगरिदिनुहुन सम्बन्धित सवैमा गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।"

मन्त्रालयद्वारा जारी विज्ञप्ति: