काठमाण्डौ । नेपालमा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जना र ४ हजार ९ सय २२ को एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । आज काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख ४६ हजार ६ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ जना संक्रमित कोरोनामुक्त भएका छन् । मुलुकभर कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ ।

यस्तै, आज थप ३३ जना कोराना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।००००