रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले रामेछाप नगर कमिटि सचिवालय सदस्य रत्न नेवारलाई निलम्बन गरेको छ ।
नेवारले रामेछाप नगरपालिका वडा नं ४ स्थित रेणुका देवी मावि हिमगंगाको ब्यवस्थापन समितिको नेतृत्वमा रहदा देखि बिभिन्न कालखण्डमा बिभिन्न शिर्षकमा उक्त विद्यालयमा गएको रकमको हिनामिनाको विषयमा उनको नाम जोडिएपछि उनलाई पार्टिले निलम्बन गरेको हो । विद्यालयमा भएको अनियमिततामा उनको नाम जोडिएपछि पार्टिबाट सोधिएको स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ उनी बाट प्राप्त नभएको र प्रशासनिक रुपमा भैरहेको अनुसन्धानलाई समेत सहज होस भन्ने उद्देश्यका साथ एक बर्ष सम्म पार्टिको सदस्य समेत नरहने गरी नेवारलाई निलम्बन गरिएको पार्टि अध्यक्ष मैन कुमार मोक्तान द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेवारले गरेको अनियमितताको विषयमा स्थानीयले बर्षौ देखि कुरा उठाउदै आएको भएपनि त्यसलाई उनले बेवास्था गदै आएका थिए । आर्थीक बर्ष २०७७।७८ मा परेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत नियोजित ४० लाख रकममा रामेछापका सांसद श्याम कुमार श्रेष्ठले ३३ प्रतिशत कमिसन खाएको समाचार गत असार ८ गते विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन र प्रशारण भएको थियो । माओवादी केन्द्रले उक्त रकम हिनामिनामा जोडिएका सांसद श्रेष्ठ कहि कतै मुछिएको नभेटिएको जनाइएको छ ।

