रामेछाप। रामेछापको गोकुलगंगास्थित भैरवी आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। आईतबार गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले रिवन काटेर नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो।
उद्घघाटन समारोहमा बोल्नु हुँदै अध्यक्ष सुनुवारले देशका सबै विद्यालयलाई नि:शुल्क इन्टरनेट दिने सरकारको निर्णय अनुसार गाउँपालिकाले काम थालेको बताउनु भयो । उहाँले केही समयमै पालिकाभित्रका विद्यालयलहरूले नि:शुल्क इन्टरनेट सेवा पाउने जिकिर गर्नुभयो। निजी स्रोतका शिक्षकहरुका लागी नयाँ कानून बनाएको बताउँदै अध्यक्ष सुनुवारले कानूनको आधारमा व्यवस्थापन गर्ने दाबी गर्नुभयो।
यस्तै, अध्यक्ष सुनुवारले गाउँपालिकाले यस आर्थिक वर्षमा पहिलो प्राथामिकता रोजगारी, दोस्रो स्वास्थ्य तेस्रो प्राथमिकता शिक्षालाई दिएको दोहोर्याउनु भयो । उहाँले शिक्षा स्वास्थ्यको सुविधा जिल्लाका अन्य गाउपालिका बासीको तुलनामा गोकुलगंगा बासीले सहज र राम्रो पाएको जिकिर गर्नुभयो। समृद नेपाल सुखी नेपाली भन्ने सरकारको राष्ट्रिय अभियानलाई साकार गर्न सबै क्षेत्रबाट लाग्नुपर्नेमा अध्यक्ष सुनुवारले जोड दिनुभयो।

