सात दिनको लागि रामेछापको मालपोत कार्यालय बन्द हुने भएको छ । मालपात कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभावका कारण मालपोत कार्यालयले सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कार्यालयमा सेवाग्राहीको चाप समेत बढी भएकाले कार्यालयको तर्फबाट प्रदान गरिने सेवालाई पूर्ण रुपमा सुचारु गरी रहदा अन्य कर्मचारी तथा सेवाग्राहीमा समेत संक्रमण हुन सक्ने जोखिम रहेकाले आगामी असोज २९ गतेसम्मका लागि आन्तरिक प्रशासनिक कार्यहरु बाहेका सबै कार्यालयका तर्फबाट प्रदान गरिने सेवाहरु बन्द गरिएको मालपोत कार्यालय बाट निकालिएको सुचना मा उल्लेख छ । 

