खाङसाङ। फिक्कल गाउँपालिकाको आयोजनामा क्रिस्टलको गहना निर्माण सम्बन्धी पाँच दिने आधारभुत तालिम सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. ४ मा मङ्गलबार तालिम कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा महिला लघु उद्यमशीलताको लागि क्रिस्टलको गहना निर्माण सम्बन्धी आधारभुत तालिम सञ्चालन गरिएको बताउनु भएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित असार १८ गतेदेखि २२ गतेसम्म तालिम कार्यक्रम वडा नं. ४ स्थित महाकाली मा.वि. पोटीमा तालिम आयोजना गरिएको बताउनु भएको छ। उक्त तालिम कार्यक्रममा महिला समुहका ३० जना सहभागिहरूले तालिम लिएका छन्।
तालिम कार्यक्रमको सहजिकरण कमला सुवेदीले गर्नु भएको थियो। तालिम समापन कार्यक्रम कार्यपालिका सदस्य विष्णु कुमारी घिमिरेको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धनबहादुर कार्की, उपाध्यक्ष पार्वती सुनुवार, वडा अध्यक्ष गोपाल बहादुर मगर, महाकाली मा.वि.का प्रधानाध्यापक सूर्य पहाडी लगायत ९ वटा महिला सहकारीका पदाधिकहरूको उपस्थितिमा समापन गरिएको हो।

