काठमाडौं। नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलयम पदार्थको मूल्य बढाएको जनाएको हो।

निगमले १३ दिन अघि मात्रै निमले पेट्रोलयम पदार्थको मूल्य बढाएको थियो। ‍‍निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रति लिटर २ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजेल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

निगमले यस पटक खाना पकाउने ग्यासँसको मूल्य पनि बढाएको छ। खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँले बढाएर १४ सय २५ रुपैयाँ प्रति सिलिण्डर पुर्‍याएको छ। त्यस्तै हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको जनाएको छ।

विश्व बजारमा डलरको भाउ आकाशिएको र पेट्रोलियम पदार्थ महंगिएकाले निगमले मूल्य समायोजन गरेको निगमले जनाएको छ। विज्ञप्ति मार्फत भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार मङ्गलबार राति १२ बजेदेखि बढेको मूल्य लागू भईसकेको छ।