सृजना रसाइली,रामेछाप। रामेछापमा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याईएको छ। प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतमा आज बसेको जिल्ला स्तरीय कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बैठकले जिल्लाभित्र चल्ने सवारी साधनमा जोरविजोर प्रणाली हटाउने निर्णय गरेको छ। अब, बुधबारबाट जोर बिजोर सबै  यातायात सञ्चालन हुनेछ। खाद्य सामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा मासु, पानी, ग्यास लगायतका पसलहरू र पुस्तक पसलहरू बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिईने निर्णय डिसीसीएमसीले गरेको छ। 

त्यस्तै आज बसेको बैठकले खुल्ला तथा सार्वजनिक स्थानमा मानिसहरू भेला, जम्मा हुन, भिडमाड गर्न, जात्रा महोत्सव, भोज भतेर आयोजना गेर्न प्रतिबन्ध गरेको छ। यस अवधिमा सवारी साधनहरू जिल्ला भित्रिन र बाहिरीन पाउने छनैनन्। जिल्लाका सबै शिक्षण संस्थाहरू, तालिम  तथा गोष्टिहरू पूर्णरुपमा बन्देज लगाईएको छ। पार्टी प्यालेस, सैलुन, ब्यूटीपार्लर, मसाज सेन्टरहरू बन्द रहने छन्। 

डिसीसीएमसीले गरेका निर्णयहरूको पूर्णपाठ: