काठमाडौं। युरोप र दक्षिण अमेरिकामा सञ्चालित युरोक कप २०२० र कोपा अमेरिका कप सञ्चालन भइरहेको खेलमा अनलाइनमार्फत बाजी जितिन्छ भन्ने विश्वासका साथ अनलाइन बेट राख्न लगाउने सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुने विद्युतीय साग्रीहरू सहित पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले निजहरूलाई सोमबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी परीसर काठमाडौंका अनुसार फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट मिति २०७८।०३।२१ गते खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाइन बेटिङ गरी नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरी पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको जनाएको छ।
पक्राउ पर्नेमा काठमाण्डौ का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान, काठमाण्डौ का.म.न.पा.वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा, पर्सा बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल का.जि.कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल का.जि कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता, चितवन खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल का.जि.धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य, भारत हरियाना विवरनी जिल्ला घर भई हाल का.जि. इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल का.जि. क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल र मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई का.जि. मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेका छन्।
साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ।