सृजना रसाइली, रामेछाप। रामेछापको गोकुलगंगा गाउँपालिकामा माटोको गुणस्तर परीक्षण गर्ने मिनिल्याब सञ्चालनमा आउने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा सबै वडामा माटो परीक्षण गर्ने गरी मिनील्याब सञ्चालनमा ल्याउन लागिएको हो।

गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले माटो परीक्षण गर्ने मिनिल्याब सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। गाउँपालिकाले उक्त मिनिल्याब सञ्चालनमा आएपछी सबै वडामा माटो परीक्षण शिविर सञ्चालन गरी किसानलाई उनीहरुको बारीमा लगाउने खेतीको बारेमा जानकारी दिई सोही अनुसारको बाली सिफारीस गर्ने व्यबस्था मिलाउने अध्यक्ष सुनुवारले बताउनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७८ ०७९ को लागी आर्थिक विकासतर्फ १ करोड ९३ लाख  बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फका कृषि उधोग व्यवसाय पर्यटन पशुपंक्षी लगायतका सबै आयोजना तथा कार्यक्रममा खर्च गर्ने गरी उक्त रकम विनियोजन गरेको हो।