काठमाडौं। काठमाडौं उपत्यकामा असार २२ गतेबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हट्ने भएको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले निषेधाज्ञालाई जारी राख्दै जोरबिजोर प्रणाली हटाउन लागेको हो।
अब उपत्यकामा सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय भएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्र जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर प्रवेश गर्न दिइने बैठकले निर्णय गरेको छ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र सबै सार्वजनिक सवारी साधनले स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ बैठकले निर्णय गरेको छ। अब, असार २२ गतेबाट सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
प्रशासनले सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ। खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न प्रतिबन्ध कायम राखेको छ। त्यस्तै भौतिक उपस्थिति सहितको पठनपाठनमा लगाइएको बन्देज पनि प्रशासनले कायमै राखेको छ।
जिल्ला प्रशासनको निर्णयहरू: