दानियल सुनुवार। रामेछाप। रामेछाप स्थित गोकुलगंगा गाउँपालिकामा कोभिड -१९ को नयाँ भेरियन्ट सहितको दोस्रो चरणको महामारी सुरु भएदेखि गाउँपालिकाले उच्च सतकर्ता अपनाउँदै गाउँपालिका क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको थियो।
गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारका अनुसार ६६ जनाको PCR परीक्षण गर्दा ३० जनामा कोभिड सङ्क्रमण पहिचान भएको र ४ सय ६२ जनाको एन्टिजेन परीक्षणमा १ सय ३१ जनामा कोरोना सङ्क्रमण पहिचान भएको थियो।
कोरोनाको दोस्रो लहरयता गाउँपालिकाका सङ्क्रमितहरू अस्पताल भर्ना भएका ५९ जनामध्ये ५७ जना निको भएर घर फर्कि सकेका छन्। ३ जना सङ्क्रमितलाई अन्यत्र रिफर गरिएकोमा एक जनाको मृत्यु भएको छ भने दुई जना उपचार रहेका छन्। गाउँपालिकाले एन्टिजेन विधीबाट परीक्षण गर्ने र कोरोना सङ्क्रमण देखिए होम क्वारेन्टाइनमा बस्न परामर्श दिने गरेको छ। लक्षण सहित देखिएका विरामीहरूलाई गाह्रो भएमा त्यस्ता विरामीहरूलाई थप उपचार र अक्सिजनका लागि अस्पतालमा भर्ने गरिएको गोकुलगंगा अस्पतालमा प्रमुख डा. रामानुज प्रसाद हाथीले जानकारी दिनु भयो।