खाङसाङ। फिक्कल गाउँपालिकाको आयोजनामा सात दिने साबुन बनाउने तालिम कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सरोकार समाज सिन्धुलीको साझेदारीमा उक्त तालिम कार्यक्रम सम्पन्न भएको हो। 

असार १२ गतेबाट शुरु भएको तालिम कार्यक्रममा गाउँपालिका भित्रका विपन्न परिवारका २० जना सहभागिहरूलाई साबुन बनाउने तालिम दिइएको हो। गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको सहयोग र सामुदायिक सरोकार समाज सिन्धुलीको साझेदारीमा तालिम कार्यक्रम सम्पन्न भएको बताउनु भएको छ।

तालिम कार्यक्रम फिक्कल गाउँपालिकाको वडा नं. ६ स्थित तिनखण्डेमा भएको हो । तालिम कार्यक्रमले गाउँपालिका भित्रका विपन्न परिवारहरू लाभान्वित हुने र अर्थोपार्जनमा टेवा पुग्ने उपाध्यक्ष सुनुवारले बताउनु भयो।