काठमाडौं । सन् २०२२ को लागि डिभी (डाइभर्सिटी भिसा) आज असोज २१ गते बुधबार रातिबाट खुल्ने भएको छ । बुधबारबाट खुलेको डिभी भर्ने अन्तिम मिति कार्तिक २५ गते रातिसम्म हुनेछ ।
डिभी भर्न नि: शुल्क सकिने भएको हुँदा अमेरिकी दुतावासले डिभी भर्न कन्सल्ट्यान्टको सहयोग नलिन अनुरोध गरेको छ । अनलाइनबाट आफैले भर्न सकिने डिभी भर्न इच्छुकहरुले www.dvlottery.state.gov मा गइ त्यहाँ उपलब्ध फारम भर्नुपर्नेछ । फर्म भर्दा पति/पत्नी र २१ वर्षसम्मका अविवाहित सन्तानको विवरण खुलाउनु आवश्यक हुनेछ ।
डिभी भर्दा चस्मा नलगाएको हालसालै खिचेको फोटो प्रयोग गर्नुपर्ने र अघिल्लो साल डिभी भर्दा प्रयोग भएको फोटो समेत मान्य नहुने तथा एक व्यक्तिले एकपटकभन्दा बढी आवेदन गरेपनि रिजेक्ट हुनेछ । त्यस्तै गत साल झै यसपालि पनि म्याद रहेको राहदानीको विवरणको भर्नु पर्नेछ । आवेदन फाराम भरिसकेपछि प्राप्त कन्फर्मेसन नम्बरलाई जतान साथ राख्नुपर्ने छ ।

