खाङसाङ। फिक्कल गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका दुई सय गर्भवती तथा सुत्केरीहरूलाई पोषण झोला वितरण गरेको छ। गाउँपालिकाले क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले पोषण झोला वितरण गरेको हो।
क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत फिक्कल गाउँपालिकाले वडा नं. १, २, ३, ४ र ५ वडाहरूमा पोषण झोला वितरण गरि सकिएको केही स्थानहरूमा वितरण हुने क्रममा रहेको उपाध्यक्ष पार्वती सुनुवारले जनचासो खबरलाई जानकारी दिनु भएको छ। पोषण झोला १ किलो आयोडिन नुन, १ किलो चामल, १ किलो चना, १ किलो राज्मा, १ किलो मसुसरीको दाल, १ किलो मटमास, १ किलो केराउ, आधा किलो घ्यू, १ वटा पोथि कुखुरा, ५ प्रकारको हरीयो तरकारीको बिउ र २ वटा साबुन रहेको उपाध्यक्ष सुनुवारले बताउनु भयो।
पोषण झोलामा वितरण गरिएका सामग्रहरू घ्यू, कुखुरा लागायतका सामग्रीहरू स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ। गाउँपालिकाको पोषण कार्यक्रमले गर्भवती र सुत्केहरूलाई चाहिने थप पोषणको मात्रामा टेवा पुग्ने र पोषणको मात्रा मिलाउन पनि सहज हुने बताउनु भएको छ।

