राजधानी काठमाडौंको चाबहिल चोकमा आकाशे पुल निमार्ण सम्पन्न भएको छ । मानिसहरुको अत्यन्तै घँुइचो हुने चाबहिल चोकमा आवत जावत गर्न सजिलो होस भन्ने उेदश्यका साथ काठमाडौं महानगरपालिकाले आकाशे पुलको निमार्ण गरेको हो ।

 

ठेकेदार कम्पनी सँगको सम्झौता बमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने भएपनी केही महिना ढिलो सम्पन्न भएको हो । पुलको उद्घाटन बुधबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले गरेका छन् । फलामबाट निमार्ण भएको आकाशे पुल ८२ लाख ६६ हजार ७ सय ८३ रुपैयाँको लागतमा तयार भएको हो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको रहेको बताए । योसँगै वडा नं. ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ ।