काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपिओ असार ११ गतेबाट बिक्री खुला हुने भएको छ ।
कम्पनीको जारी पुँजी ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपिओ बिक्रि खुला हुन लागेको छ ।
जारी हुने आईपिओमध्ये ३० हजार ४ सय २० कित्ता कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४८ हजार १ सय ५ कित्ता सर्वसाधारणको लागि बिक्री खुला हुनेछ ।
जीवन विकास लघुवित्तको आईपिओमा लगानी गर्न चाहने लगानीकर्ताहरुका लागि असार ११ गतेदेखि छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म आवेदन म्याद रहनेछ भने न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछ । पछिल्लो समय ठूलो संख्यामा आईपिओ माग हुने भएको हुँदा १० कित्ताका लागि मात्र आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।
लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

