सृजना रसाइली, रामेछाप। कोरोनाबाट रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेका करिब ५० पुरुषको वर्षिय मृत्यु भएको छ। उनको मंगलबार काठमाडौको राजधानी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई करीब १ हप्ता अगाडी कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टी भएपछी ४ गते काठमाडौं लगिएको वडा अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिनुभयो। उनी धेरै पहिलेदेखि नै प्रेसरको रोगी रहेका अध्यक्ष श्रेष्ठले बताउनुभयो। दोस्रो लहर सुरु भए यता गोकुलगंगामा कोरोनाबाट पहिलो पटक मृत्यु भएको हो । गोकलगंगा गाउँपालिकामा हालसम्म १३२ जनामा कोरोना पुष्टि भएको छ। ३० जनामा पिसि आर विधिबाट र १०२ जनामा एण्टिजेन विधिबाट कोरोना पुष्टि भएको हो ।
हालसम्म गाउपालिकामा ६६ जनाको पिसि आर विधिबाट परिक्षण भएको छ । यस्तै ३९५ जनाको एन्टिजेन परिक्षण गरिएको छ । संक्रमितमध्ये ५० जना विरामी गोकुलगंगा अस्पतालमा भर्ना भएका छन् । जसमध्ये ४६ जना निको भएर घर फर्किएका छन् । हाल गोकुलगंगा अस्पतालमा ४ जना उपचाररत् रहेका अस्पतालका डा रामानुज प्रसाद हाथीले जानकारी दिनुभयो।