दानियल सुनुवार, रामेछाप। गोकुलगंगा गाउँलिकाको नवौँ गाउँ सभा सभ्य, सक्षम र समृद्ध पालिका निर्माण भन्ने मुल नाराको साथ सम्पन्न भएको छ। सभामा गाँउपालिका अध्यक्ष खडग बहादुर सुनुवारले २०७७/७८ को प्रतिवेदनसँगै आ.व.०७८/७९मा हुने बजेटको पनि प्रस्तुत गर्नु गर्नु भयो।
जनप्रतिनिधि निर्वाचित भएपछि कार्यभार सम्हाल्दै आउनेक्रममा चौथो वर्षको अन्तमा आईपुग्दा धेरै भौतिक संरचनाको निर्माण, पर्यटन विकासको लागी भौतिक पूर्वाधार को व्यवस्थापन, धार्मिकस्थलको मर्मत तथा संभार, शिक्षा स्वास्थ्य र कृषिमा उल्लेखनिय फड्को मारेको भन्दै आफ्नो सफलता महसुस प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
नवौं गाँउसभा बोल्दै अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाले कृषि क्षेत्रमा अत्याधिक लगानी गरेका बताउनु भएको छ। सम्बोधनका क्रममा कृषिका लागि सम्भावित स्थानहरूको पहिचान गरी पशुपालन व्यवसाय कुखुरा, बाख्रा, बंगुर, गाई तथा माछा पालन, आलु तथा किवीजस्ता कृषि खेतीको लागी १८ पकेट क्षेत्र बनाई अनुदानको व्यवस्थापन, उद्योगमा बेकरी, वेदबाँस, साबुन उत्पादन, प्रेस तथा छाला जुताको उत्पादनको लागी बजेट लगानी गरेका छौँ। गाउँपालिका क्षेत्रभित्र करिब ४०० कि.मी. सडक निर्माण तथा सोलिङ सम्पन्न भइसकेको छ। कोभिड -१९ को महामारीमा पालिकामा स्थापित गोकुलगंगा अस्पतालबाट धेरैले उपचार पाएको र क्वारेनटाईन तथा आईसोलेसनमा सहज पुगेकाले स्वास्थ्य प्रति ठुलो सफलता हासिल गरेको बताउनु भयो।
ताँबे डाँडाको मन्दिर, जटापोखरीको तिर्थस्थल, गुम्बा चर्च जस्ता धार्मिकस्थलको लागी समावेसी तवरले निर्माण तथा बजेट व्यवस्थापन गरेको, दुईहजार पाँच सय घरधुरीलाई लक्षित गरी एक घर एक धारा भन्ने अभियानमा खानेपानीको आपुर्ति र गाउँपालिकाको ६ वटै वडामा कार्यालय व्यवस्थापनको लागि पक्कि भवनको निर्माण सम्पन्न गरी सकेको जनाउनु भएको छ। जहाँका जनता स्वास्थ्य हुन्छन् त्यस ठाँउको विकास छिटो हुन्छ भन्ने नारामा आधारित रहेर आगामी वर्षको बजेट बिनियोजन गर्ने तयारी रहेको बताउनु भयो। अध्यक्ष सुनुवारले गोकुलगंगा गाँउपालिकालाई समृद्ध पालिका बनाउने यात्रामा सहयोग पुर्याउने सम्पुर्ण नागरिक समाजका अगुवाहरू, जनप्रतिनिधीहरू, राजनैतिक दलका प्रमुखहरू, संघसंस्था तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

