काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ र ३ हजार १३० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको मन्त्रालयले जनाएको छ।