काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्दा बढी जोखिम हुनसक्ने कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । बोर्डले ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।
पछिल्लो एक वर्षमा सूचिकृत कम्पनीहरुको शेयर मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका,मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका बर्तमान वित्तीय क्षमताको मूल्यँकन समेतका आधारमा बढी जोखिम हुनसक्ने कम्पनीहरु बोर्डले सार्वजनिक गरेको हो ।
लिष्ट हेर्नुहोस्
https://janachasokhabar.prixacdn.net/media/attachments/2021/06/15/nepse.pdf

